अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

‘मिस टिन ग्ल्याम’ले देखाए आफ्नो ट्यालेन्ट

बिआरटीनेपाल २०७४ चैत २ गते ९:०५ मा प्रकाशित

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.ली आयोजक रहेको सौन्दर्य प्रतियोगीता ‘मिस टिन ग्ल्याम २०१८’का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । शुक्रबार तीनकुने स्थित ग्रिन क्याफेमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले गायन, नृत्य, बक्तित्व कला लगायत ट्यालेन्ट प्रदर्शन गरेका हुन् ।

करुणा श्रेष्ठ, रविना सिंह ठकुरी, ज्ञानु लामा, रश्मी अधिकारी, अनिशा शाही, अलिसा खड्का, युविका राई, श्रेया खड्का, जेसिका ताम्राकार, रोजीना राई, दीपिका श्रेष्ठ, सम्झना चौधरी, रितिशा खड्गी, रितिका योङहाङ लिम्बु, रजनी बम्जन लगायत १५ प्रतियोगीले अन्तिम चरणका प्रतिप्रर्धामा छन् । यी सबै प्रतियोगीले ट्यालेन्ट शिर्षकको उपाधिका लागि आफुमा रहेको प्रतिभा देखाएका हुन् ।

ट्यालेन्ट शोको निर्णायकमा कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), अभिनेता आदित्य बुढाथोकी, गायिका रीता केसी, नीतु कोइराला, गतबर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइटेल (बोके दाह्री) र गायक सीमान्त सन्तोष रहेका थिए ।

युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिस्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले प्रतियोगीता गर्न लागिएको आयोजक ग्ल्याम वल्र्डका आशिष मिश्रले बताए ।
यहि ५ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगीताको अन्तिमस्पर्धा हुदैछ । बिभिन्न प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतार्न लागेको कार्यक्रम संयोजक स्मृती कार्कीले बताइन् ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगीतामा प्रतियोगीले बिभिन्न उपहार र अवसर पुरस्कारको रुपमा जिन्न सक्नेछन् । कार्यक्रमको कोरियोग्राफर आश्विनी झा रहेका छन् ।

प्रतिक्रिया