अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरुबीच सिंहदरवारमा भेट

बिआरटीनेपाल २०७४ चैत २ गते ८:३८ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरुबीच सिंहदरवारमा भेट गरेको छ । सुशिल भट्टको सभापतित्वमा दश सदस्यीय प्रतिनिधी टोलिले अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकक्षमा भेटी संघको तर्फबाट सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको हो ।

संघले यस बिषयमा जारी गरेको विज्ञप्तीमा भनेको छ:

नेपाल व्यवस्थापन संघको १८औं प्रवन्ध समिति तथा च्याप्टरका प्रतिनिधीहरुको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकक्षमा भेटी संघको तर्फबाट सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेकोछ । दश सदस्यीय टोलिको प्रतिनिधित्व संघका सभापति सुशिल भट्टले गर्नु भएको थियो ।

भेटका क्रममा अर्थमन्त्रीबाट देशको समसामयिक परिस्थितिप्रति चासो व्यक्तगर्दै आफ्नो कार्यकालमा राम्रो कुराहरुलाई मात्र प्रश्रय गर्ने धारणा व्यक्त गर्नु भयो । अर्थमन्त्रीले अगाडी भन्नुभयो नेपालको वर्तमान संघिय संरचनामा नेपाल व्यवस्थापन संघले सरकारलाई सघाउनको लागि आप्mनो कार्यक्षेत्र विस्तार गरी प्रान्तिय संरचनामा समेत नेपाल सरकारको नीति निर्माण र वकालतको माध्यमबाट सरकारलाई सघाउनु पर्ने धारणा राख्नु भयो । सरकारलाई सघाउनकोलागि आवश्यक जनशक्ति सहितको विज्ञहरुलाई परिचालन गरी वर्तमान अवस्थामा देखिएका नीतिगत अस्पष्टता, वित्तिय साक्षरता र वित्तिय योजना लगायतका अन्य विभिन्न विषयमा सरकार संघसँग सहकार्य गर्न इच्छुक रहेको वताउनु भयो ।

संघका सभापति सुशिल भट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आप्mनो दायरालाई फराकिलो बनाउँदै लगेको र विभिन्न प्रदेशहरुको सामाजिक–आर्थिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्दै त्यसको थालनी स्वरुप संघको ३७औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल गरेको, प्रदेश सातमा त्यस क्षेत्रको श्रोतसाधनको पहिचान र विकासको सम्भाव्यतामाथि गहन छलफल गरी स्रोत परिचालन र विकासको मार्गदिशा तयार गरीरहेको अर्थमन्त्रीलाई जानकारी गराउनु भयो ।

संघका सभापतिले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, युएनडिपी र अन्य विकास साझेदारहरुसँग समेत सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पु¥याउने गरी वर्षभरीनै आप्mना कार्यक्रमहरु केन्द्रित रहने अर्थमन्त्रीलाई जानकारी गराउनु भयो । यसको थालनी स्वरुप नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट नलेज पार्टरकोरुपमा सहकार्य गरिरहेको र युएनडिपीले पनि संघले आयोजना गरेका कार्यक्रमहरुमा उपस्थिति जनाईसकेको अर्थमन्त्रीलाई जानकारी गराउनु भयो । चाडैनै युएनडिपीसँगको सहकार्यकालागि प्रारम्भिक चरणको भेटघाट हुन गइरहेको अर्थमन्त्रीलाई जानकारी गराउनु भयो ।

संघका सभापतिबाट संघले आगामी दिनमा विभिन्न क्षेत्रको म्यानेजमेण्ट क्यापासीटी इण्डेक्स तयार गर्नको लागि पूर्वतयारीमा लागेको र त्यसलाई मूर्तरुप प्रदान गर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू