अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

विश्वकपको टिकट बेच्न खुलेका ८ सय अनलाईन बन्द

बिआरटीनेपाल २०७४ चैत २ गते १:५२ मा प्रकाशित

विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन् ।

रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ ।

प्रतिक्रिया