अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

चलचित्र ‘फेरि–फेरि’को छायांकन अन्तिम चरणमा

बिआरटीनेपाल २०७४ चैत २ गते १:०६ मा प्रकाशित

माघ तेश्रो सातादेखि सुटिङ थालीएको चलचित्र ‘फेरि–फेरि’ को सुटिङ अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्माको मु्ख्य भूमिका रहेको यो चलचित्रको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्धन्द्ध दृश्यको छायांकन गरियो । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको कमेडी चलचित्र ‘फेरि–फेरि’को झण्डै ८५ प्रतिशत छायांकन सकिएको निर्माण टीमले जानकारी दिएको छ ।

चलचित्रमा निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारको अभिनय छ । चलचित्रको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचीएको निर्देशक पुरनले जनाए । ‘फिल्म निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय फिल्म बनाउन कुनै कसर बांकी राखेको छैन ।’ उनले अबको सुटिङमा  केही दृश्य, दुई गीत र एउटा फाइटको सुटिङ सिध्याउन अझै दुई साता लाग्ने बताए ।

‘फेरि फेरि’को काठमाडौ उपत्यकाका भित्रका दृश्य खिचीसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । नेपालमा पहिलोपटक अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिएको फेरि फेरिको द्धन्द्ध एनबि महर्जनले निर्देशन गरेका छन् । आफ्ना बिगतका चलचित्र भन्दा ‘फेरि फेरि’मा बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए । त्यसैगरी, ऋचाले यो चलचित्रमा नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् । ‘एकदम रमाइलो भूमिका छ । सुरुदेखि अन्तिमसम्मनै फिल्म निकै रोमान्चक छ,’ उनले भनिन्,‘एकदम मसलेदार फिल्म हो । त्यसैले फेरि फेरि पनि बेग्लै प्रकारको यादगार फिल्म हुनेमा मलाई बिश्वास छ ।’

निर्देशक पुरनले पनि ऋचा र अर्पणसँग काम गर्न निकै सजिलो भएको बताए । ‘ऋचासँग काम गर्न गाह्रो छ भन्ने सुनेको थिएँ तर सबै बकबास रैछ,’ पुरनले भने, ‘एकदमै को–अपरेट, प्रोफेशनल अनि सजिली पाएँ । मलाई एकदमै सहयोग भएको छ ।’ सुरेश बज्राचार्यले खिचिरहेको फिल्मको निर्मातामा पुरनका छोरा निरज थापा छन् । चलचित्र आउदो दशैंसम्म प्रदर्शन गर्न निर्माण टीम जुटेको छ ।

प्रतिक्रिया