अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

इन्धन चोर्न नपाउँदा ट्यांकर चालक हड्तालमा

बिआरटीनेपाल २०७४ चैत १ गते २०:३९ मा प्रकाशित

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफल बनाउन ट्यांकरचालक हड्तालमा उत्रिएका छन् ।   बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन् ।

ट्यांकरचालकले इन्धन चुहावट रोक्ने निर्णयमा असहयोग गरेको निगमका अधिकारी बताउँछन् । ‘घुमाउरो ढंगले तेल चोर्न पाउनुपर्छ भन्ने माग राखेर ट्यांकरचालक हड्तालमा उत्रिए,’ निगमका अधिकारीले भने, ‘गलत माग राखेर अवरोध सिर्जना गर्दा पूर्वमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।’ आजको नागरिक दैनिकमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू