अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

‘अब्बल न्याय सम्पादनका लागि न्यायालय पारदर्शी हुनुपर्छ’ – अमेरिकी राजदूत अलैना बी टेप्लिट्ज

बिआरटीनेपाल २०७४ चैत १ गते २०:२७ मा प्रकाशित

लोकतन्त्रलाई संस्थागत गर्नुका साथै मानव अधिकार संरक्षण र अब्बल न्याय सम्पादनका लागि न्यायालय पारदर्शी हुनुपर्ने नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले बताएकी छन् । नेपाल र अमेरिकाका विभिन्न कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीको ‘मुट कोर्ट इभेन्ट’ को सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसँग संयुक्त रूपमा आरम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

अदालत पारदर्शी र जनमुखी हुन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्नुका साथै वाक् स्वतन्त्रताको पनि सम्मान हुने उनले बताइन् ।

पछिल्लो समय नेपालमा अदालतको विषयमा छुट्टै प्रकारको बहस चलिरहँदा यस्तो कार्यक्रम काठमाडौंमा हुनुलाई संयोगका रूपमा मात्र लिनुपर्ने उनले बताइन् । उनले नेपालमा लोकतन्त्रको असली अभ्यास भइरहेको उल्लेख गरिन् । ‘मुट कोर्ट इभेन्ट’ मा नेपाल र अमेरिकाका कानुनका विद्यार्थीले बहस गर्नेछन् । दुईपक्षीय सहकार्यदेखि विविध क्षेत्रमा छलफल हुनेछ । ‘यस्तो छलफल र बहसले जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास दूतावासको छ,’ टेप्लिट्जले भनिन्, ‘सरकारीस्तरमा मात्र होइन, कूटनीतिमा जनस्तरको सम्बन्ध अर्को महत्त्वपूर्ण पाटो हो, हामीले त्यसमा ध्यान दिएका छौं ।’ नेपालका विभिन्न पाँच कानुन क्याम्पस र अमेरिकाको हर्बर्ट विश्वविद्यालयका सात कानुनका विद्यार्थीबीच यो बहस तीन दिनसम्म चल्नेछ । न्यायाधीश, उच्च प्रहरी अधिकारी, प्राध्यापक, अधिवक्तालगायतको उपस्थिति रहने बहसमा विभिन्न क्षेत्रका व्यक्तिले मुटकोर्टको न्यायाधीश बनेर बहस सुन्नेछन् ।

कार्यक्रममा न्यायाधीश मल्लले नयाँ पुस्ताले पुरानाबाट सिक्ने र नयाँ ज्ञानको उपयोगसमेत हुने भएकाले यस्ता बहसको महत्त्व हुने बताइन् । ‘पछिल्लो चरणमा अदालतबारेजनतामा उत्पन्न अन्योलको चरण पार भएको उनको भनाइ थियो।आजको कान्तिपुर दैनिकमा समाचार  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू