अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

शम्भुजीत बासकोटाको जन्मदिनमा चलचित्र ‘चौका दाउ’ निर्माणको घोषणा

बिआरटीनेपाल २०७४ चैत १ गते ७:०४ मा प्रकाशित

चलचित्र चौका दाउ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो ।

अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।

बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो चलचित्रको निर्माण घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने जानकारी सो कार्यक्रममा गराए । बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म हो भने ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । यस अघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा चौका दाउ फरक रहेको र हास्यप्रधान प्रेमकथामा आधारित भएको बताए ।

चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरियो । यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो । यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो ।

घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफुले यो चलचित्रमा अभिनय गर्न लागेको बताए ।

अर्का कलाकार विल्सन बिक्रम राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बासकोटाको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ भने । अग्रजहरुसँग काम गर्दा सिक्न पनि पाईन लोभ पनि लागेको उनले बताए ।

यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् । जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण निर्देशन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।

प्रतिक्रिया