अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

धुर्मुस-सुन्तली ‘बर्ष व्यक्ति’मा सम्मानित

बिआरटीनेपाल २०७४ चैत १ गते ६:१४ मा प्रकाशित

‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सवको अवसर पारेर बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरि बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) भने, कुञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरिएको छ ।

सो फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ । सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए ।

सम्मानित भएका कलाकार सितारामले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । यस्तै, कुञ्जनाले यस्तो सम्मानले आफूलाई अगाडि बढ्न उर्जा मिलेको बताइन् ।

प्रतिक्रिया