अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

सचिवले अवकाश पत्र दिनु गैरकानूनी हो, मैले थप एकवर्ष जागिर खान पाउँछु – प्रधानन्यायधीश पराजुली

बिआरटीनेपाल २०७४ चैत १ गते ४:०५ मा प्रकाशित

सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले आफ्नो नाममा न्यायपरिषदका सचिवले अवकास भएको पत्र दिएपनि त्यो पत्र गैर कानूनी भएको बताएका छन् । पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गर्दै आफ्नो उमेर पनि सो पत्रमा गलत राखिएको बताएका हुन् ।

जागिर खाँदा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रअनुसार नै उमेर कायम हुने प्रावधान रहेको बताउँदै  उनले भनेका छन् म २०१० वैशाख १६ गते जन्मिएको हुनाले त्यही मिति कायम गरेर जागिर पनि त्यसरी खाएको, सिटरोलपनि त्यसरी नै भरेको हुँ ।

बिबिसी नेपाली सेवासँगको कुराकानीमा पराजुलीले परिषद् त्यो पत्रको कुनै महत्त्व नरहेको भन्दै (सचिवालयलाई) यो बिषयको क्षेत्राधिकार पनि नरहेकाले त्यो पत्र कायम हुन नसक्ने बताए ।

पराजुलीले भने ’जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ। न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन।’

पत्रमा भनिएको जस्तो परीक्षा नियन्त्रण कार्यालयले पठाएको जन्ममिति कायम हुने हो भने आफ्नो कार्यकाल थप एक वर्ष बढ्ने उनको भनाइ छ।

यसअघि न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै उनी अब पदमा बहाल नरहेको पत्र काटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू