अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

कस्तो रर्यो ‘शत्रु गते’को मोफसल टुर ?

बिआरटीनेपाल २०७४ चैत १ गते ०:१७ मा प्रकाशित

पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । आउदो चैत्र ९ मा प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसंग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ ।

रुस्लान भोड्कासंगको सहकार्यमा ’रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण केसी , अभिनेत्री दीपाश्री निरौला , शिवहरि पौडेल , पल शाह र आँचल शर्मा सहभागी थिए । गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । फिल्म युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानिय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

हरिवंश आचार्य – टुर निकै रमाइलो भयो । फिल्मकै लागि निकैपछी यस किसिमको अनुभव गर्न पाए । हामीले दर्शकको लागि सार्वजनिक गरेको सामाग्रीले कस्तो प्रभाव पारेको छ भन्ने जान्न पाइयो । यस किसिमको टुरले शत्रु गते मात्र होइन यसपछी आउने नेपाली फिल्मलाई पनि फाइदा पुर्याउछ । दर्शकको टेस्ट बदलिएको मात्र छैन , उहाहरु एडभान्स भईसक्नु भएको छ । त्यसैले मेकरले दर्शकको रुची अनुसार फिल्म बनाउन झनै मेहनत गर्नु पर्ने हुन्छ ।

किरण केसी – दर्शकको प्रतिक्रियाले हामी निकै उत्साहित छौ । हाम्रो गीतसंगीतलाई जसरि माया गर्नु भएको छ , त्यो शब्दमा बयान गर्न सकिन्न । हामीलाई मोफसलका दर्शकले देखाउनु भएको मायाको आभारी छौ । दर्शकसंग प्रत्यक्ष रुपमा प्रतिक्रिया लियौ , साथै केहि जिज्ञाशा पनि मेटायौ ।

दीपाश्री निरौला – दर्शकसंग प्रत्यक्ष जोडिन पाउदा सधै रमाइलो महसुस हुन्छ , यस टुरमा झनै रमाइलो भयो । फिल्म शत्रु गतेको लागि दर्शकको पर्खाइ देखेर निकै खुसि छौ । दर्शकको चाहना अनुसारकै फिल्म बनेको छ , छिनमै हसाउछ र छिनमै रुवाउछ फिल्मले । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।

प्रतिक्रिया