अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

अस्टिन बमकाण्ड आपसमा सम्बन्धित

घर अघि शंकास्पद प्याकेट देखे प्रहरीलाई फोन गर्नुहोस्

बिआरटिनेपाल संवाददाता २०७४ चैत १ गते ०:०० मा प्रकाशित

टेक्सासको अस्टिनस्थित भएको बमकाण्डमा दुईको मृत्यु र एक घाइते भएका थिए । यी दुवै बमकाण्ड आपसमा सम्बन्धित रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

करिब डेढ साता अघि भएको बमकाण्डमा एक युवा र एक ३९ वर्षियको मृत्यु भएको थियो भने एक वृद्धा घाइते भएकी थिइन् । सोमबारका दिन भएको दुईवटा विस्फोटको समयान्तर १ केही घण्टामात्र थियो । पहिलो विस्फोट २ मार्चमा भएको थियो । एउटा घटनाको छानबिन गर्दागर्दै प्रहरीहरु अर्को विस्फोटस्थल पुग्नु परेको थियो ।

२ मार्चमा भएको विस्फोटमा परि अफ्रिकी मूलका ३९ वर्षिय मानिस र अर्का १७ वर्षिय अफ्रिकी मूलका अमेरिकी युवा मारिएका थिए । विस्फोटमा एक ७५ वर्षिय हिस्पानिक महिला घाइते भएकी थिइन् । घाइते अर्की महिला भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले आफ्नो ढोका बाहिर प्याकेट राखिएको पाएका थिए । तर, ती प्याकेटहरु हुलाक सेवा वा युपिएस र फेडेक्स जस्ता हुलाक सेवा प्रदान गर्ने कम्पनीले राखेका थिएनन् । यी घटनाको कारण यहि हो भन्ने निस्कर्षमा प्रहरी पुगिसकेको छैन । तर, जातीय विभेद घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ ।

‘उपलब्ध प्रमाणहरुले दुवै घटना आपसमा सम्बन्धित रहेको विश्वास दिलाउँछ,’ अस्टिन प्रहरी प्रमुख ब्रायन म्यान्लीले भनेका छन् । उनका अनुसार विस्फोट भएका प्याकेट स्थानीय बासिन्दाको घर अगाडि राखिएका थिए ।

म्यान्लीका अनुसार ढोका बाहिर राखिएको प्याकेट भित्र ल्याएर खोल्दा पहिलो विस्फोट भएको थियो । उक्त विस्फाृटमा ती १७ वर्षिय युवा मारिएका थिए भने अर्का एक घाइते भएका थिए । छिमेकीहरुले उक्त विस्फोटमा आफ्नो घर र शरिर हल्लिएको प्रतिक्रिया दिएका छन् ।

प्रहरी प्रमुखले अस्टिनबासीलाई त्यस्ता प्याकेटसँग सतर्कता अपनाउन आह्वान गरेका छन् । उनले आफूले अपेक्षा नगरेको प्याकेट आफ्नो घर परिसरमा देखिए प्रहरीलाई खबर गर्न भनेका छन् । अनुसन्धानकर्ताहरुले विस्फोटको उदेश्य खुल्न नसकेको बताएका छन् । उनीहरुका अनुसार घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन । म्यान्लीले पीडितहरु एक अर्काप्रति परिचत रहेको वा उनीहरुलाई निशाना बनाइएको भन्ने पनि नखुलेको बताए ।

उक्त सोमबार घटना पछि शंकास्पद प्याकेट घर अगाडि रहेको भन्दै प्रहरिलाई ८२ वटा फोन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू