अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७
| Colorodo: 21:32
गुण्डा नाइके गणेश लामा एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका छन् । गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको हो ।
यद्यपि, गोली कसैलार्इ लागेको छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेपनि उनि आफैं गुण्डा नाईके भएको र साथमा पेस्तोल र गोली समेत बरामत भएकाले लामालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीका अनुसार गोली चलेपनि कसैलाई गोली भने लागेको छैन । लामालाई यस अघि पटक पटक अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी अपराधमा संलग्न रहेको आरोपमा मुद्दा चलाईएको छ ।