अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

बिआरटीनेपाल २०७४ फागुन ३० गते १०:०५ मा प्रकाशित

सान डियागो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ । अमेरिकी सशस्त्र बलको नयाँ अङ्गका रूपमा ‘स्पेस फोर्स’ गठन हुने उहाँले स्पष्ट गर्नुभएको छ । सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेसनमा सैनिक अधिकारीहरूलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले यो प्रस्ताव गर्नुभएको बताइएको छ । उहाँले भन्नुभयो– अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिन जस्तै ।

हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ– उहाँले भन्नुभयो । उहाँले अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताउनुभयो । अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ उहाँले भन्नुभयो । राष्ट्रपति ट्रम्पले जमिन, हावाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्नेछ भन्नुभयो । राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भन्नुभयो– मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठुलो र शक्तिशाली सैन्य बल निर्माण र विकासगर्ने कुरा गर्दैछु । सिन्ह्वा 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू