अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

प्रताप दासको स्वरमा पत्रकार ऋषि धमलाको चलचित्र ‘अनुराग’को गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ३० गते ६:०५ मा प्रकाशित

चलचित्र ‘अनुराग’ आउँदोबर्षको जेठ ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । यसैबिच चलचित्र निर्माण टीम प्रचारप्रसारको शैलीलाई अगाडि बढाइरहेको छ । चलचित्रमा समावेश ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा नेपाल आइडलमा तेस्रो हुन सफल प्रताप दासले स्वर दिएका छन् । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ । उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको यो चलचित्रमा नायिका एलिजा गौतम मुख्य भूमिकामा देखिदैछिन् । उनको साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय छ । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय छ । एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।  पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ चलचित्रमा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ ।

उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन्  । चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

प्रतिक्रिया