अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

गायिका अन्जु पन्तको रोइला गीत ‘हाम्रा बालाई थर्काउ’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ३० गते ०:५९ मा प्रकाशित

रशिका डिजिटलको प्रस्तुतिमा  गायिका अन्जु पन्तको  रोइला  गीत ‘हाम्रा बा लाई थर्काउ ’ गीत बजारमा आएको छ  ।

गायक रोशन गैरे र गायिका अन्जु आवाजमा निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जुले बताइन ।

मौलिक र उत्कृष्ट रोइला  गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ ।  गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको  अभिनय रहेकोे छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् । रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालको  युटुब चयानलमा अपलोड गरिएको छ ।

 

प्रतिक्रिया