अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

विवाह भोजको रकमले विद्यालयमा अक्षयकोष

बिआरटीनेपाल २०७४ फागुन २९ गते २२:१९ मा प्रकाशित

पर्वतको कुश्मा नगरपालिका–१२ का युवा मिलन पौडेलले सोमबार भएको आफ्नो विवाहको भोजको रकमले स्थानीय जनता सुदर्शन उच्च माविमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले भोज नगरीकन स्कुललाई सहयोग गरेको उनले बताए ।

मङ्गलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उनले उक्त रकम विद्यालयका प्रधानाध्यापक मेघनाथ आचार्यलाई हस्तान्तरण गरेका हुन । सामाजिक सेवामा क्रियाशील युवाको संस्था रोट्र्याक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष समेत रहेका पौडेलले रोट्र्याक्ट सप्ताह–२०१८ कै अवसर पारेर सो रकम सहयोग गरेका हुन ।

आफैले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिकरुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू