अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

नेपाल आईडललाई चुनौती, रियालिटी शो ‘नेपाल्स मेगा सिने स्टार’ हुँदै

बिआरटीनेपाल २०७४ फागुन २९ गते ६:१६ मा प्रकाशित

नेपालका कुना कन्दरामा छरिएर रहेका प्रतिभाहरुलाई एकै मञ्चमा ल्याउने र उत्कृष्ठ प्रतिभावानलाई पुरस्किृत गर्ने उदेश्यले ओ मेगा ईन्टरटेनमेन्ट ले नेपाल्स मेगा सिने स्टार सुरु गर्ने भएको छ । राजधानीमा ओ मेगा ईन्टरटेनमेन्टले एक कार्यक्रमको आयोजना गरि उक्त अडिसन बारे जानकारी दिएको होे ।

चलचित्र निर्देशक माधव राज खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गीतकार तथा निर्देशक यादव खरेल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि खरेलले यस्ता किसिमका कार्यक्रमहरुले लुकेर रहेका प्रतिभाहरुलाई उचित अवसर र मञ्च प्राप्त हुने विश्वास व्यक्त गर्नुका साथै उक्त अडिसन आयोजक पक्षलाई सफलताको सुभकामना  र बदाई दिए ।

यहि चैत्र २८ गते बाट नेपालका विभिन्न सात ओटा सहरहरुमा गरिने अडिसनमा शोभित बस्नेत,निश्छल बस्नेत, र माल्बिका सुब्बाको समुहले उत्कृष्ठ प्रतिाभा छनोट गर्ने छन् । त्यस्तै अडिसनको बारेमा बोल्दै तिनै जना जजहरुले आफुहरुले सकेसम्म राम्रो जुरीको काम गर्ने बताए ।

अडिसन ईटहरी, रगञ्ज,नेपालगञ्ज,चितवन, बुटवल, पोखरा हुदै अन्तिम चरणको अडिसन राजधानी काठमाण्डौमा हुने र विजेताले नगद २० लाख, एउटा कार र एक फिल्ममा अनुबन्धितका साथै एक वर्ष सम्म ५० लाख बराबरको अभिनय करारनामा जित्ने अवसर प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष प्रबेश सम्राट बरालले जानकारी दिए । साथै नेपालमा अहिले सम्म हुदै आएका धेरै खाले शो हरु मध्ये नेपाल्स मेगा सिने स्टार फरक खालको रहेको समेत उनले बताए । शोका कार्यक्रम प्रमुख समिर लामाले असार पहिलो साताबाटनै टेलिभिजनबाट उक्त शो प्रसारण गरिने बताए ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने जो कोहिको पनि यो सुनौलो अवसर हुनेछ । यस अवसरलाई प्राप्त गर्न आ–आफ्नो शहरमा हुने अडिसनमा सहभागी भएर आफ्नो कलालाई अभिनय मार्फत प्रस्तुत गर्नु पर्ने छ । कार्यक्रमको ईभेन्ट प्रमुखमा मन्दिप कोईराला र अर्थ व्यवस्थापक सुर्य बहादुर थापा रहेका छन् ।कार्यक्रममा अभिनेता सरोज खनाल,निर्माता तथा निर्देशक आकाश अधिकारी,चलचित्र वितरक गोपाल काजी कायस्थ,प्राविधिक संघका अध्यक्ष पुस्कर लामा,सञ्चारकर्मी लगायतकाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू