अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

टिपीएसको म्याद थप्नको लागि म्यासाचुसेट्स सिनेटर एलिजावेथ वारेनसंग भेटघाट र अनुरोध

विजय थापा २०७४ फागुन २८ गते २१:०५ मा प्रकाशित

टिपीएसको म्याद गुज्रिने अवस्था भई रहेको समयमा एनआरएनए म्यासाचुसेट्स शाखा, ग्रेटर बोस्टन नेपाल कम्युनिटी तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीको पहलमा डेमोक्रेटिक दलकी सशक्त सिनेटर एलिजावेथ वारेनसंग भेटघाट गरी म्याद थप्नको लागि अनुरोध गरेको छ ।

यस विषयमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाले सशक्त रूपमा १४ हजार नेपालीहरूले पाई रहेको टिपीएस सुविधाको म्याद थप गर्न यत्र तत्र सर्वत्र पहल गरी रहेको छ ।

उक्त पत्र बुझ्दै सिनेटर वारेनले नेपालमा गएको महाभूकम्पको धनजनको क्षति बारेमा आफू जानकार रहेको बताइन । यसको साथै सिनेटर वारेनले अझ पनि पीडितहरूको समस्या समाधान हुन् बाकी रहेकोले अमेरिकामा रहेका तिनीहरूका परिवारलाई अमेरिकी सरकारबाट उपलब्ध भएको टिपीएसको सुविधाको म्याद थप्ने कार्यमा सक्दो सहयोग गर्ने बताइन ।

उक्त अवसरमा एनआरएनका उपाध्यक्ष राम कुमार सुवेदीले भूकम्प पीडितहरूको निर्माण तथा पुनर्निर्माण कार्य तीव्र रूपमा भई रहेको तर कार्य सम्पन्न भई नसकेकोले पीडित परिवारलाई म्याद कार्यमा पहल गरी दिन अनुरोध गरे ।

यसै गरी एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीले ज्ञापन पत्र बुझाउँदै अस्थाई टिपीएसको बारेमा कुरा राखेका थिए । उक्त भेटघाट कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी, एनआरएनका उपाध्यक्ष राम कुमार सुवेदी, एनआरएन कि सञ्चालक समिति निर्देशक तृष्णा शर्मा काफ्ले, एनआरएन म्यासा चुसेट्स शाखाका अध्यक्ष विष्णु कार्की, एनआरएन आईसीसीका भाषा साहित्य समिति सदस्य महेश्वर पन्त, बोस्टन नेपाली कम्युनिटीका सभापति विष्णु आचार्य तथा एनआरएनअमेरिकाका पूर्व सल्लाहकार विजय शर्मा लगायतको उपस्थिति रहेको जानकारी एनआरएन अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारीद्वारा जारी छापा विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू