अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

नेपालको राष्ट्रपतिको निर्वाचन आज

बिआरटीनेपाल २०७४ फागुन २८ गते २०:५६ मा प्रकाशित

काठमाडौँ, नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरको सङ्घीय संसद् भवनमा मतदान केन्द्रमा अहिले बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । दुबै उमेम्द्वार भोजपुरका हुनुहुन्छ । गणतन्त्र नेपालले डा. रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रूपमा पाइसकेको छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू