अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

नेप्से ७ अंकले घट्यो

बिआरटीनेपाल २०७४ फागुन २८ गते ९:१९ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीहरुको सेयर कारोबार मापक नेप्से परिसूचक  आज पनि गिरावट आएको छ । हिजो दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ७ दशमलव शून्य ८ प्रतिशतले घटेर १ हजार २ सय ७७ दशमलव १ प्रतिशतमा पुगेको हो । कारोबार भएका ९ समूहमध्ये उत्पादन बाहेक अन्य सबैको उपसूचकमा गिरावट आउदा समग्र बजारनै प्रभावित भएको छ । आज १ सय ५४ कम्पनीका ३ हजार ९ सय ९९ कारोबारबाट ३१ करोड ३१ लाख ६५ हजार ९ सय १६ रुपैयाँ बराबरका ७ लाख ७० हजार ४ सय ९८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । यसदिन एभरेष्ट बैंकले सबैभन्दा धेरै १ करोड ५२ लाख रुपैयाँ कारोबार गरेको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू