अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

न्यायाधीश चोलेन्द्र शम्शेर जबराद्वारा इजलास बहिष्कार

बिआरटीनेपाल २०७४ फागुन २८ गते २:५७ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुली सहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गर्नुभएको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता अनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उहाँले तोकेको इजलासमा बस्न अस्वीकार गर्नुभएको हो ।

डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उहाँले इजलास बहिष्कारको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू