अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

नेपाल आज हङकङसंग भिड्दै

बिआरटीनेपाल २०७४ फागुन २७ गते १९:१८ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । विश्वकप छनोटअन्र्तगत आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित हुँदै प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो । लगातार तेस्रो हारसँगै नेपालको शीर्ष ६ मा परेर एकदिवसीय मान्यता लिने सपना सकिएको छ । विश्वकप छनोटका लागि जिम्बावे जानुअघि नेपाली टिमका प्रशिक्षक र कप्तानले छनोटमा ठूलो लक्ष्य नरहेको र शीर्ष ६ मा रहेर एकदिवसीय मान्यता लिने लक्ष्य रहेको बताएका थिए । छनोटमा लगातार तेस्रो हारपछि नेपालको दुवै सम्भावना सकिएको छ । नेपालले अब छनोटमा हङकङसँग मात्र खेल्न बाँकी छ । नेपाल र हङकङबीचको खेल सोमबार हुनेछ । यो खेलमा जित हात पारे नेपालले प्रतियोगितामा सान्त्वना जित निकाल्नेछ ।

नेपालले दिएको १९५ रनको मध्यम लक्ष्य अफगानिस्तानले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा मध्यक्रमका ब्याट्सम्यान नजिबुलाह जद्रानले ५२ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । रहमत शाहले ४६ रन जोडे । मोहम्मद नाबी ३४ रनमा आउट भए । ओपनरद्वय जाभेद अहमादी २६ तथा कप्तान रासिद खान २१ रनमा आउट भए । समिउल्लाह सेनवारी ८ रनमा नटआउट रहे । नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान १–१ विकेट लिए

यसअघि बुलाहावो एथ्लेटिक क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर १९४ रनको मध्यम लक्ष्य तयार पारेको थियो । नेपालका लागि कप्तान पारस खड्काले सानदार ब्याटिङ गर्दै ७५ रन बनाए । जारी प्रतियोगितामा पारसको यो दोस्रो अर्धशतक हो भने ‘लिस्ट ए’ क्रिकेटमा आठौं अर्धशतक हो । ओपनर अनिल शाह ७ रनमा आउट भएपछि नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने प्रयास गरेका थिए ।

पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पारस ७५ रनमा आउट भएपछि नेपालको इनिङ्स धर्मराएको थियो । कुनैबेला १०५ रनमा २ विकेट गुमाएको अवस्था रहेको नेपालले त्यसपछि आफ्नो विकेट जोगाउन सकेन । ज्ञानेन्द्र मल्ल दोस्रो विकेटका रूपमा २४ रनमा आउट भए । ६९ बल खेलेका मल्लले २४ रन मात्र बनाए ।

तेस्रो विकेटका रूपमा पारस आउट भएपछि अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३२ रन जोडे । आरिफ शेख २३ रनमा पेभिलियन फर्कदा सोमपाल कामी ९ रनमा आउट भए । वसन्त रेग्मी ९ रनमा अविजित रहँदा करण केसी ६ रनमै आउट भए । सन्दीप लमिछाने र ललितनारायण रावंशीले खाता खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न मोहम्मद नाबी एक्लैले ४ विकेट लिए । रासिद खानले ३ तथा सपुद जद्रानले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू