अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

कोलोराडोमा नेपाली कथानक चलचित्र ए मेरो हजुर २ प्रदर्शन (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन २७ गते १४:५७ मा प्रकाशित

ब्रमुन्डा इन्टरटेन्टको आयोजनामा कोलोराडोको बोल्डरमा नेपाली कथानक चलचित्र ए मेरो हजुर २ प्रदर्शन गरिएको छ । परम्परागत धिमे बाजा बजाएर चलचित्रको निर्देशक झरना थापाको स्वागत गरिएको उक्त चलचित्र कोलोराडोका कलाप्रेमी दर्शकहरूले निकै रुचाइएको प्रतिक्रिया दिएका थिए । अभिनेता सुनिल छेत्री, नायिका साहारा कार्की, पूर्व मिस नेपाल इशानी श्रेष्ठ, मिस्टर नेपाल युएसए अशिश श्रेष्ठ जस्ता कलाकारहरूको समेत उपस्थिति रहेको उक्त अवसरमा समाजसेवी र कलाप्रेमीहरुद्वारा झरना थापा लगायत कलाकारहरूलाई पुष्प गुच्छा र खादा पहिराएर आफ्नो सद्भाव जनाएका थिए ।

समाजसेवी तथा कलाकार बि के श्रेष्ठले चलचित्र हेर्न आउनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद दिनुको साथै चलचित्र पर्दशनबाट उठेको रकमको ५०% मेकअप आर्टिस्ट इन्द्र लामाको म्रिगौलाको उपचारमा खर्चिने प्रतिबद्धता जाहेर गर्नुको साथै अन्य ठाउँमा भएको सो बाट सङ्कलन भएको रकम पनि विभिन्न सामाजिक सेवामा खर्च गरिएको जानकारी दिनु भएको थियो । दिनेश कुमार कार्कीले सञ्चालन गरेको पहिलेको चरण पश्च्यात चलचित्रको प्रदर्शन गरिएको थियो। 

प्रेम कथामा आधारित यस चलचित्रले प्रदर्शन अवधिभर दर्शकलाई बाँधेर राख्न सफल देखिन्छ। नयाँ प्रविधिलाई भरपुर उपयोग गरी नेपाली चलचित्रको गुणस्तर अभिब्रिधी गरिएको यस चलचित्रमा स्पष्ट देख्न सकिन्छ। नेपालको रमणिय स्थल पोखरा र जोमसोङको प्राकृतिक सुन्दरतासँग सात्क्षात्कार गराउने यस चलचित्र भित्र युवा मनको प्रेमकथाको उतावचडाबलाई सलल बगाएको छ । 

झरना थापाले यो पहिलो निर्देशन भए पनि उनीले आफ्नो निर्देशन क्षमतालाई अभिनय जस्तै सशक्त रूपमा स्थापित गराउन सक्ने स्पष्ट सङ्केत यस चलचित्रले देखाएको छ।सुनिल कुमार थापाले निर्माण गर्नु भएको यस चलचित्रलाई हरिहर अधिकारले लेख्नु भएको छ भने स्रमराग्य राज्य लक्ष्मी शाह, सलिम मान बानिया, सलोन बस्नेत, अमर सुबेदी, बुद्धि तामाङ आदिले सशक्त अभिनय गरेको यस चलचित्र हेर्न लायक बनेको छ । आगामी दिनमा पनि नेपाली चलचित्रको विकास बिस्तारमा निर्माण पक्षको उल्लेखनीय योगदान होस ।  फोटो: भुपेन्द्र महत

 

प्रतिक्रिया