अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

इजिप्टबाट छ महिला नेपाली कामदार स्वदेश फिर्ता

बिआरटीनेपाल २०७४ फागुन २७ गते १०:५४ मा प्रकाशित

काठमाडौँ, नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदारलाई उद्धार गरी आज स्वदेश फिर्ता पठाएको छ । उक्त कुरा दूतावासले आज एक विज्ञप्ति मार्फत सो कुराको जानकारी दिएको हो ।

अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्यागमन कानून उल्लङ्घन गरेबापतको छानबिन र फर्कनका लागि अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्र तोकिएको जरिवाना तिरी नेपाल फर्कने स्वीकृति प्राप्त गरेको दूतावासले जनाएको छ ।

दूतावासले गैरआवासीय नेपाली संघ तथा लेबनानको अध्यागमन निकायको समन्वयनमा स्वदेश फर्काएको हो । यसअघि पनि दूतावासले ११ महिला कामदारलाई स्वदेश फर्काएको थियो । जरिवाना तिरेर नेपाल फर्कन चाहने महिला कामदारको संख्या उल्लेख्य रहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू