अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

मानव अधिकार आयोगद्वारा बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्नेहरुलाई कारबाहीको माग

बिआरटीनेपाल २०७४ फागुन २७ गते ८:२० मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलिकी राधा चौधरी माथि बोक्सीको आरोप लगाई कुटपिट गर्नेहरुलाई कानूनी कारबाहीको माग गरेको छ ।

फागुन २४ गते बोक्सीको आरोपमा गरिएको कुटपीटको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै कुटपिटमा संलग्न दोषिमाथी कानुनी कारवाहीको माग गरेको हो ।

आयोगले आज प्रेश विज्ञप्ती जारी गर्दै अत्याधिक व्यक्तिहरूको उपस्थितिमा एक जना १८ वर्षीया बालिका माथि बोक्सीको आरोपमा निरन्तर र निर्घात तवरले छ घण्टासम्म कुटपीट गरिनु अत्यन्त क्रूर, अमानवीय र घृणित कार्य भएको बताएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ:
आयोगले कुटपीटबाट घाइते भई उपचारमा रहेकी राधा चौधरीलाई धनगढी स्थित क्षेत्रीय सेती अञ्चल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनास्थल पुगेर अनुगमन गरेको छ । अनुगमनबाट प्राप्त तथ्य अनुसार पीडित चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको, पीडक पक्षबाट घटना सम्बन्धमा कहीं कतै उजुरी नदिन निरन्तर धम्की दिइएकोले पीडित परिवार मानसिकरूपमा त्रसित रहेको पाइएको छ । पीडित परिवारलाई उजुरी दिन धम्काउने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारको सुरक्षाको सुनिश्चितता गर्न आयोग स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ । साथै घटनाको कारबाही प्रक्रिया सम्बन्धमा आयोगलाई जानकारी गराउन समेत आयोग आग्रह गर्दछ ।
नेपालको संविधानले यातना र शोषणलाई वर्जित गरेको छ । साथै बोक्सी सम्बन्धी (कसूर र सजाय) ऐन २०७२ ले बोक्सीको आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई सजायको व्यवस्था गरेको छ ।
अतः अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम सजाय दिलाउन तथा कुटपीटबाट घाइतेको निशूल्क र प्रभावकारी उपचार गराउन आयोग आग्रह गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू