अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

ICAN  र Chartered Accountants Australia and New Zealand बीच समझदारी पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७४ फागुन २७ गते ७:५० मा प्रकाशित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) र Chartered Accountants Australia and New Zealand (CA ANZ) बीच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । विभिन्न अन्तराष्ट्रिय लेखाव्यवसायीक संस्थासंग मान्यता प्राप्त गर्न गरिएको निरन्तर प्रयास स्वरुप संस्थाका सदस्यहरुले एक अर्को संस्थाको सदस्यता प्राप्त गर्न सक्ने सम्बन्धी आपसी समझदारी पत्रमा (ICAN) र (CA ANZ) बिच आज आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट संस्थाका अध्यक्ष सिए. प्रकाश जंग थापा र Chartered Accountants Australia and New Zealand  को तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत Mr. Rick Ellis ले हस्ताक्षर गर्नुभयो । यस समारोहमा CA ANZ  का अध्यक्ष Ms. Jane Stanton, ICAN का पार्षद तथा सदस्यहरु, CA ANZ का पदाधिकारीहरु उपस्थिति रहेको थियो ।

सम्झौता पत्र अष्टेलियाको न्यु साउथ वेल्स राज्यको लागि नेपालका महावाणिज्यदूत दीपक खड्का र ICAN तथा CA ANZ  का पदाधिकारीहरुको को उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

यस समारोहमा CA ANZ का अध्यक्ष Ms. Jane Stanton का पार्षद तथा सदस्यहरु, ऋब् ब्ल्श् का पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ अष्टेलियाका प्रतिनिधिहरु, नेपाली समाज र व्यावसायिक संस्थाका प्रतिनिधि तथा अन्य व्यावसायिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संस्थाका अध्यक्ष सिए प्रकाश जंग थापाले CA ANZ सगँको आपसी पहिचान र सहकार्यले दुवै संस्थाका सदस्यहरुले एक अर्को संस्थाको सदस्यता लिन सक्ने, दुवै संस्थाको उद्देश्य प्राप्तिमा सहयोगी हुने, सदस्यहरुको व्यावसायिक अवसरहरुका क्षेत्रहरु बढ्ने तथा सदस्य र संस्था दुवैको वृत्तिविकासमा सम्न्वयकारी भुमिका निर्वाह गर्ने भन्दै यो समझदारीले दुई देश बीचको सम्बन्धको साथै लेखा व्यवसायको क्षेत्रमा नयाँ आयाम थपेको बताउनु भयो ।

समझदारी पत्रमाथि प्रकाश पार्दै वहाँले भन्नुभयो – “यस समझदारी पत्र अनुसार ICAN तथा CA ANZ  का चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले एक अर्को संस्थाको सदस्यता तोकिएको शर्त तथा प्रक्रियाको पालना गरेपछि प्राप्त गर्न सक्नेछन् । ICANका सदस्यहरुले एक मात्र विषय “Financial Accounting & Reporting” को परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ, जसको लागि नेपालबाटै वा अन्य स्थानबाट पनि परीक्षामा सामेल हुन सकिनेछ ।”

त्यसैगरी, कार्यक्रममा बोल्नु हुँदै CA ANZ को तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत  Mr. Rick Ellis ले संस्थाहरु बीच आपसी पहिचान र सहयोगको अपेक्षा राख्दै ICAN सँग समझदारी भएको प्रति खुशी व्यक्त गर्नुभयो ।

अष्टे«लियाको न्यु साउथ वेल्स राज्यका लागि नेपालका महावाणिज्यदूत  दीपक खड्काले दुवै संस्था बीचको यो प्रयासले नेपाल र अष्टे«लिया बीचको सम्बन्ध अझ प्रगाढ हुने र लेखा व्यावसायीहरु, ICAN र नेपालको लागि ठुलो उपलब्धि भएको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै अष्टे«लियाको सिड्नीमा आयोजित एक विशेष समारोहका बीच ICAN  ले आफ्नो प्रथम बैदेशिक च्याप्टरको रुपमा Australian Chapter को स्थापना गरेको छ । च्याप्टर उद्घाटन समारोहलाई सम्बोधन गर्न‘हुँदै संस्थाका अध्यक्ष सिए प्रकाश जंग थापाले अष्ट्रेलियामा रहेका सदस्यहरुको हित तथा आइक्यानको अन्तराष्ट्रिय उपस्थितिको लागि पहिलो च्याप्टरको रुपमा Australian Chapter स्थापना गरेको बताउनुभयो ।

थापाले यस्तो किसिमको फोरमले विदेशमा रहेका सदस्यहरुलाई भेटघाट गर्ने, व्यावसायिक विषयहरुमा छलफल तथा बहस गर्ने, विशेषज्ञता आदान प्रदान गर्ने, र CPD तालिम आयोजना गर्ने, विदेश स्थित सदस्यहरु र संस्थाबीच सम्पर्क बिन्दुको कार्य गर्ने र व्यावसायिक हितका अन्य कार्यहरु गर्नलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

Chartered Accountants Australia and New Zealand (CA ANZ)

अष्ट्रेलिया स्थित एक लेखा व्यासायिक संस्था Chartered Accountants Australia and New ZeaLand (CA ANZ)  को १२०,००० सदस्यहरुले अष्टेलिया, न्युजिल्यान्ड तथा अन्य देशहरुमा रहेर व्यवसायिक क्षेत्रहरुमा आफ्नो विशेषज्ञता प्रदान गरिरहेका छन् । यस संस्थाका सदस्यहरु आफ्नो व्यावसायिक इमान, सिद्धान्तमा आधारित अनुमान शैली, आर्थिक अनुशासनको अभ्यास तथा व्यावसायिक दुरदर्शिताका लागि परिचित छन् ।

 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN )

राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्न र लेखा व्यवसाय एवं लेखाको महत्व प्रति लेखा व्यवसायीको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्बद्र्धन गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था एक स्वायत्त र नियमनकारी निकाय हो । साथै नेपालमा लेखाव्यवसायको विकास, संरक्षण र सम्बद्र्धन गर्नको लागि यस संस्था उल्लेखित ऐन र सो ऐन अन्तर्गत बनेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ को अधिनमा रही नेपाल भित्र लेखाव्यवसायको प्रवद्र्धन, जनशक्ति उत्पादन, लेखापरीक्षण गर्ने अनुमतिको लागि पेशागत प्रमाणपत्र प्रदान गर्ने र लेखाव्यवसाय नियमन गर्ने अर्धन्यायिक निकाय हो ।

यस संस्थाको ध्येय भनेको नेपालमा उत्कृष्ट वित्तिय प्रतिवेदन प्रणाली र लेखापरीक्षण प्रणालीको प्रर्बधन र नियमन गर्नु, लेखा व्यावसायीहरुको सक्षमता कायम तथा विकास गर्नु र अर्थतन्त्रको सबै क्षेत्रहरुमा लेखा व्यावसायको साख र भुमिका अभिवृद्धि गर्नु रहेको छ । यस संस्था उत्कृष्ट लेखा तथा वित्तिय प्रचलनहरु अपनाइ, अद्यावधिक गरी जारी गर्न प्रतिबद्ध रहँदै सार्वजनिक वित्त व्यवस्थापन र अन्य व्यावसायिक महत्वका विषयहरुमा नेपाल सरकारसँग निकट सहकार्य गर्ने महत्वपुर्ण साझेदार रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू