अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

ललितपुर उद्योग वाणिज्य संघले ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ आयोजना गर्दै

बिआरटीनेपाल २०७४ फागुन २७ गते ७:०६ मा प्रकाशित

ललितपुर उद्योग वाणिज्य संघले ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला आयोजना गर्ने भएको छ । स्थानिय साना तथा मझौला उद्यमीहरुलाई नयाँ बस्तु एवं सेवाको उत्पादनलाई प्रोत्साहि गर्ने, साथै आफ्ना उत्पादनहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण एवं प्रवद्र्धन गर्न सहयोग गर्ने उद्देश्य आयोजना गर्न लागिएको यस व्यपारमेला बारे आईतबार संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलबाट उद्घाटन हुने यस मेला ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाको साथै नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहयोगमा आयोजना गर्न लागिएको हो ।

फागुन ३० गतेबाट चैत्र ३ गतेसम्म चार दिन ललितपुरको पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक भण्डारखाल बगैँचामा हुने मेलामा नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको यस मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० वटा प्रदर्शनी स्टल रहने छन् । स्टलहरुमा सजावटका सामान, पर्यटन सम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरु एवं स्वदेशी कपडा जन्य उत्पादनहरु समेत रहने छन् ।

उद्यमी व्यवसायीहरुले आफूले उत्पादन गरेका सामग्रीहरु क्रेतासंग अन्र्तक्रिया र प्रत्यक्ष सम्पर्क मार्फत सम्बन्ध बढाउनुका साथै बजारका रुचि, प्रतिक्रिया बुझ्ने अवसर प्राप्त हुनुका साथै मेलाबाट साना तथा मझौला उद्यमीहरुको व्यावसायिक सम्बन्ध बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गराउने लक्ष्य बोकेको यस व्यवार मेलामा साढे २ लाख स्वदेशी र विदेशीको सहभागी रहने अनुमान रहेको संघले बताएको छ ।

करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको यस मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा गीत संगीत प्रस्तुत गर्ने, आ आफ्नो उत्पादित वस्तुको ब्राण्डिङ्ग गर्ने कार्यक्रमहरु पनि रहने छन् भने मेलाको चैत्र २ गते ललितपुर जिल्लाका ८९ वर्ष पुगेका अर्थात देवरथारोहण गरि सकेका करिब १ सय जना भन्दा बढि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

स्थानीय स्तरमा भएका स्रोत साधन र सम्भावनालाई केन्द्रमा ल्याउन र केन्द्रमा भएका स्रोत, साधन र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ आयोजना हुन लागेको मेलाले देश विदेशका पर्यटकहरुलाई लगानीको प्रतिफल दिने आकर्षक गन्तव्यका रुपमा नेपाल स्थापित भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्नुका साथै व्यापार असन्तुलन घटाउने र वैदेशिक लगानीका निम्ति आकर्षक एवं उपयुक्त वातावरण बनाउने तर्फ यस मेलाले ठोस योगदान पुर्याउने विश्वास आयोजकको छ ।

मेलाको दौरानमा नेपाल राष्ट्र बैंक, टक्सार विभाग मार्फत स्वर्ण जयन्तीे लोगो अंकित रु. १०००।– को चाँदिको सिक्का र रु. १००।– को साधारण सिक्का निष्काशन हुने जानकारी गराएको संघको यस अघि स्वर्ण जयन्तीलाई चिर स्मरणीय बनाउन उद्योग वाणिज्य स्वर्ण महोत्सव स्मारकको ललितपुर जावलाखेलको मूल चोकमा शिलान्यास भई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू