अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

गायक तथा सञ्चारकर्मी सुरज पौडेलको ‘धेरै पछि’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन २७ गते ४:५३ मा प्रकाशित

गायक  तथा सञ्चारकर्मी सुरज पौडेलले ‘मन को खुशी’ एल्बममा समावेश ‘धेरै पछि’ बोलको गीत लिएर आएका छन् । शंकरदेव कंडेलको शब्द र चिरञ्जीवी भण्डारीको संगीत रहेको यो गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पुस्प राज र रेस्मा लामाको अभिनय देख्न सकिन्छ । काठमाडौका रमणीयस्थलमा छायांकन गरिएको भिडियो सरोज श्रेष्ठले निर्देशन गरेका हुन् ।  गायक पौडेलको या चौथो म्युजिक भिडियो हो  । एल्बममा पाँच गीत समावेश छन् । पहिलेका भन्दा यो गीतबाट आफु बढी आशावादी रहेको गायक पौडेल बताउँछन् । ‘मैले यो भन्दा अघिका गीतहरुमा पनि बेष्ट दिने काम गरेको छु तर अहिलेको गीतबाट भने अन्यभन्दा धेरै नै आशावादी छु ।’, उनले भने ।

प्रतिक्रिया