अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

५ थरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार दिने निर्णय

बिआरटीनेपाल २०७४ फागुन २६ गते २२:२४ मा प्रकाशित

मोरङको बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीका अनुसार अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

यस बिषयमा बसेको नगर कार्यपालिकाको बैठकबाट रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने भएको छ जसका लागि ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू