अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

छ लेन सडकमा अहिलेसम्म ८० जनाको मृत्यु

बिआरटीनेपाल २०७४ फागुन २६ गते ९:२३ मा प्रकाशित

भक्तपुर,  जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्याङ्कअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ ।

चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपेर र मोटरसाइकल बढी छन् ।
पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ । सांसद महेश बस्नेतले अब तीनकुनेदेखि नै सडक व्यवस्थित गरिने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू