अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

मलाया भाषामा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्यो ‘साढे ७’

बिआरटीनेपाल २०७४ फागुन २५ गते २२:४१ मा प्रकाशित

चलचित्र ‘साढे ७’ मयाला भाषामा मलेसियाका बिभिन्न हलहरुमा प्रदर्शन हुने भएको छ । यो संगै सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता रहेको ‘साढे ७’ मलाया भाषामा मलेसियाका हलहरुमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बनेको छ ।

चाइनिज,फ्रेन्च,जापानिज,अंग्रेज़ी भाषामा पनि सब टाइटलिगं भएर बिभिन्न देशहरुमा प्रदर्शन हुन लागेको यो चलचित्र मयाल भाषामा देखाईने भएपछि नेपाली चलचित्रले अन्तराष्ट्रि«य बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्रमाणित भएको छ ।

देशले बेहोरेको नाकाबन्दीको समयमा फोटो पत्रकारले भोग्नु परेको भौतिक र मनोवैज्ञानिक द्धन्द्धलाई मुल आधार बनाईको ‘साढे ७’ मा गायक सत्यराज आचार्यलाई फोटो पत्रकारको भुमिकामा देखाईएको छ ।

साम्तेन भुटियाको लेखन र निर्देशन रहेको यो चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया