अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

नेपालमा मिर्गौला रोगीको संख्या बढ्दो क्रममा

बिआरटीनेपाल २०७४ फागुन २५ गते १८:२५ मा प्रकाशित

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी थपिने गरेका छन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग देखिएको उल्लेख छ ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले नेपालमा अन्तर्राष्ट्रियस्तरको सहुलियतपूर्ण डायलाइसिस सेवा प्रदान गर्दै आए पनि बिरामीको चापका कारण डायलाइसिस सेवाले धान्नै नसक्ने अवस्था रहेको बताए । आर्थिक वर्ष ०१६-१७ मा २८ सयले ६५ लाख ९८ पटक डायलाइसिस सेवा लिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा काफ्लेले जानकारी दिए।

नेपालमा मिर्गौला रोगी दिनप्रतिदिन बढिरहे पनि सीमित व्यक्तिले मात्र डायलाइसिस सेवा पाएको उनको भनाइ छ । मिर्गौला प्रत्यारोपण गर्न पनि दायरा फराकिलो नभएको काफ्लेले बताए । मानिसको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उसको जीवन बचाइराख्न हप्तामा दुईदेखि तीनपटकसम्म कृत्रिम मिर्गौलाको सहायताले रगत शुद्धीकरण गर्ने कार्य नै डायलाइसिस हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू