अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’लाई दर्शकको प्रशंसा

बिआरटीनेपाल २०७४ फागुन २५ गते ११:०८ मा प्रकाशित

नेपाली सिने क्षेत्रमा सफल निर्माताको परिचय बोकेका छविराजा ओझा कार्यकारी निर्माता रहेको चलचित्र मंगलमले सुरुको दिन नै दर्शकको प्रशंसा बटुलेको छ ।

नायिका शिल्पा पोख्रेल प्रस्तुती चलचित्र मंगलम शुक्रबार देशब्यापी प्रदर्शनमा आएसंगै चलचित्र हेरेका दर्शककले मंगलम् पछिल्ला चलचित्र मध्यकै राम्रो चलचित्र बनेको प्रतिकृया दिएका हुन् ।

सिल्पा पोखरेल र पुष्प खड्का मुख्य भुमिकामा रहेको मंगलममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइँ , नीर शाह मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलम गुण सिनेमा प्रालीको सहकार्यमा निर्माण भएको हो ।  सामाजिक र पारिवारिक पृष्ठभूमिमा रहेर प्रेमकथालाई प्रस्तुत गरिएको यस चलचित्रलाई विष्णु घिमिरेको छायांकन गरेका हुन् भने चलचित्रमा मित्रदेव गुरुङले सम्पादन रहेको छ ।

प्रतिक्रिया