अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन २५ गते ९:५० मा प्रकाशित

१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल अपाङ्गता महिला सङ्घ, अष्ट्रेलियन दूतावास, युएनडीपी र संचारिका समूहको संयुक्त आयोजनामा ‘अपाङ्गता भएका महिलाको न्यायमा पहुँच’ विषयक अन्तरकृया कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ ।

अपाङ्गता भएका महिला माथि भइरहेको बढ्दो हिंसा, उनीहरूले भोगीरहेका सांस्कृतिक, सामाजिक र आर्थिक अन्यायका विरुद्धमा आवाज उठाउन नसकिरहेको अवस्थामा उनीहरूको सामाजिक, आर्थिक तथा कानुनी न्यायमा पहुँच अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो । साथै सम्बन्धित सरकारी नीति तथा सेवा सुविधामा अपाङ्गता भएका महिलाको न्यायमा पहुँच अभिबृद्धि गर्ने, अपाङ्गता भएका महिलाको सवाल र न्यायमा पहुँच सम्बन्धी जनचेतना जागृत गर्न तथा सेवा प्रदायक संस्था, सरकारी संयन्त्र तथा लाभ प्रदायक संस्थाहरूबिच समन्वय सुदृढीकरण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रमको उद्घाटनको सत्रको अध्यक्षता नेपाल अपाङ्गता महिला सङ्घकी अध्यक्ष निर्मला धितालले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री थममाया थापाले अपा¨ता भएकामहिलालाई सम्मानित जीवन जिउने अवस्था सृजनागर्न सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।

अपाङता भएका महिलाको न्यायमा पहुँच विषयमा आज काठमाडौँमा गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री थापाले आम महिलाको तुलनामा अपाङता भएका महिला थप हिंसाबाट पीडित रहेको बताउनुभयो । उहाँले अपाङता भएका महिलाहरूलाई समाजले विशेष सुरक्षा र सुविधा दिनुपर्नेमा उल्टै समाजबाटै उत्पीडित हुनुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्री थापाले अपाङता भएका महिलाका सम्मानित रूपमा जिउने अधिकार संरक्षणको लागि राज्यले जिम्मेवार भएर सोच्ने पनि प्रतिबद्धता जनाउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि, नेपालका लागि नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम राजदूत पीटर बढ, प्रधानमन्त्री कार्यालयका सह सचिव लक्ष्मी गौतम, नेपालका लागि युएनडीपीका डिपुटी कन्ट्रि निर्देशक Ms. Sophie Kemkhadze राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले सम्बन्धित विषयमा आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोसो सत्रमा राष्ट्रिय मानवअधिकार आयोगकी लैङ्गिक तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख सरिता ज्ञवाली, नेपाल प्रहरीका प्रहरी निरीक्षक कोपिला चुडाल, श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयका अपाङ्ता अधिकार प्रवर्द्धन शाखाका प्रमुख सह सचिव केशव भट्टराईले अपाङ्ग्ता भएका महिलाको न्यायमा पहुँचका बारेमा आ(आफ्नो जिम्मेवार निकायले गर्ने र गरिरहेको सवालमा मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको खुला छलफलमा सहभागीहरूले सोधेका जिज्ञासाहरूको प्रमुख वक्ताहरूले जवाफ दिनुभएको थियो । कार्यक्रममा अधिवक्ता मिरा ढुंगानाले अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्बन्धी कानुनी प्रावधान, कार्यान्वयन, उजुरी प्रक्रिया, चुनौती र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष निर्मलाधितालले अपाङ्ग्ता भएका महिलाको न्यायमा पहुँच सम्बन्धी सवाल र समस्याका जानकारी गराउनुभएको उक्त कार्यक्रम कार्यक्रमको सहजीकरण नेपाल अपाङ्ग्ता महिला सङ्घकी महासचिव मिना पौडेल तथा परियोजना संयोजक सरिता लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू