अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

पार्टी एकतासम्बन्धी कार्यदलको समय १० दिन थप हुने

बिआरटीनेपाल २०७४ फागुन २५ गते ९:१६ मा प्रकाशित

काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ ।

केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको सो कार्यदलको आजको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने ठानिएको कार्यदलका सदस्य केन्द्रका नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

अब दैनिकजसो बैठक गरेर सबै विषयको टुंगो लगाइने उहाँले बताउनुभयो । यही फागुन १० गतेको एकता संयोजन समितिको बैठकले १५ दिनभित्र अन्तरिम विधान र दुई पार्टीको संगठन एकताबारे खाका तयार गर्न कार्यदल गठन गरेको थियो ।

सोही बैठकले वैचारिक विषय मिलाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले पनि आगामी चैत ५ गतेसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ ।

दुई दलबीच यही फागुन ७ को एकता संयोजन समितिले तय गरेको सात बुँदे एकताका प्रारम्भिक आधारमा केन्द्रित भई संगठन र वैचारिक विषय मिलाउन खोजिएको हो । यी विषय मिलेपछि चैतभित्र एकता गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू