अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

बिआरटीनेपाल २०७४ फागुन २५ गते ५:५८ मा प्रकाशित

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

 

वासिङ्टन,

पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ ।

उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार हुनुभएको समाचार बिहीबार अमेरिकाबाट आएको छ ।

उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उहाँलाई भेट्न तयार हुनुभएको दक्षिण कोरियाली राष्ट्रपतिका एकजना दूतले जानकारी दिनुभएको छ ।

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार सो जानकारी दिनुभएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिका जानुभएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको बताइएको छ ।

उहाँहरुले उत्तर कोरियाली नेता किमको तर्फबाट पनि अमेरिकी राष्ट्रपतिलाई उहाँको पत्र लगिदिनुभएको थियो । सो पत्रमा वार्ताका लागि नेता किमले आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू