अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

कृष्ण धराबासी कै कथामा ‘झोला’ टिमको दोस्रो चलचित्र ‘भोर’को टिजर सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन २५ गते ५:०२ मा प्रकाशित

चलचित्र ‘भोर’ को टिजर सार्वजनिक गरिएको छ । सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार चलचित्र ‘भोर’ यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रको टिजरले नै ‘भोर’लाई पनि मौलिक तथा सामाजिक कथाको फिल्मको संकेत गर्दछ ।‘‘झोला’कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’लाई अघि सारेका छन् । ‘झोला’लाई माया दिएका कोहि पनि दर्शक ‘भोर’बाट निराश हुन नपर्ने भट्टराईले दाबी गरे ।

सम्पुर्ण छायांकन जनकपुरमा गरिएको चलचित्रमा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ । गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर चलचित्र खिचिएको हो ।

भट्टराईले निर्देशकिय डेब्यू फिल्म ‘झोला’कै सेन्टिमेन्ट ‘भोर’ले बोल्ने भन्दै दर्शकलाई आफ्नै गाउँ समाजको कथा लिएर आउँदै गरेको भन्दै साथ र सद्भावको अपेक्षा पोखे । आधुनिक युग बोल्दै गर्दा पनि आहिलेको समयमा सम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भईरहेका जस्ता यथार्थ तथ्य सर्व्विदितै रहेको भन्दै दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा ‘भोर’लाई लिएका छन् ।

निर्माता राज तिम्सिनाले घर समाल्ने महिला नै असुरक्षित भएपछि पुरै परिवार नै लथालिङ्ग हुँदै आएको स्मरण गर्दै दाईजोले मानवतामाथि नै प्रश्न उठाईरहेकोले यीनै र यस्तै विषयवस्तुमाथी रहेर फिल्म निर्माण गरेको बताए । आगामी बैशाख २१ लाई प्रदर्शन मिति तय गरेको फिल्मको केहि दिन पहिले इोस्टर रिलिज गरिएको थियो ।

राजसँगै रामगोपाल थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन् । चलचित्रका सबैजसो कलाकार स्थानिय छन्, जहाँ नाट्य धुन्धुरदेखि नयाँ अनुहारसम्म अटाएका छन् ।  किसन अर्याल मुख्य सहायक निर्देशक रहेको चलचित्र दिपक बज्राचार्यले खिचेका हुन् भने कथा कृष्ण धराबासीले लेखेका हुन् ।

प्रतिक्रिया