अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१
| Colorodo: 20:16
काठमाडौं । संसदको सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।
ओलीले फागुन ३ गते प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र त्यही दिन सपथ पनि लिएका थिए । प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए । सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए ।