अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

फास्ट ट्रयाक निर्माणमा स्थानीयको अवरोध

विआरटी नेपाल सम्बाददाता, काठमाण्डौ २०७४ फागुन २४ गते १९:०६ मा प्रकाशित

काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन्। ललितपुरमा जिल्लाको खोकनामा स्थानीयले मुजब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन्। पुरातात्त्विक र ऐतिहासिक सम्पदा जगेर्न गर्नुपर्ने, खेतीयोग्य जग्गाको उचित मुअब्जा पाउनुपर्नेलगायतका माग राख्दै शुरुदेखि नै स्थानीयले फास्ट ट्रयाकको ट्रयाकसम्म खोल्ने काममा अवरोध गर्दै आएका छन्।

स्थानीयले माग राख्दै दर्जनौंपटक ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, क्षेत्रीय प्रशासक समक्ष धाइसकेका छन्। स्थानीयको अवरोधकै कारण फास्ट ट्रयाकको ललितपुरतर्फको डुकुछाप–बुङमती–खोकना खण्डको ८ किलोमिटर ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको छैन।

आफ्नो माग सम्बोधन नभएसम्म फास्ट ट्रयाक निर्माणको काम अगाडि बढाउन नदिने पक्षमा स्थानीय देखिएका छन्। फास्ट ट्रयाक निर्माणका लागि नेपाली सेनाले गएको १८ गते क्याम्पसमेत खडा गरेको थियो । मेजरको नेतृत्वमा ललितपुर महानगरपालिक–२१ खोकनाको खुडोल फाँटमा सेनाले क्याम्प खडा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू