अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

काठमाडौंमा मोनो रेलको सम्भाव्यता अध्ययन सकियो

बिआरटीनेपाल २०७४ फागुन २४ गते १८:३९ मा प्रकाशित

साइमेक्सले इन्क प्रालिले काठमाडौं महानगरपालिकालाई मोनो (स्काई) रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । उपत्यकाका पाँचवटा रुटको अध्ययन गरेर उसले प्रतिवेदन बुझाएको हो ।

एक वर्षको नि:शुल्क अध्ययनपछि उसले महानगरलाई कानुनी तथा अन्य समस्या हटाएर बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृतिको लागि अनुरोध गरेको छ। ‘केही दिनभित्रै हामी डीपीआरको लागि स्वीकृति दिन्छौं’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब उपत्यकाको यो आवश्यकता भइसकेको छ।’

पाँच वटा रुटमध्ये पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुरमा रुटको विस्तृत अध्ययन तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन मौखिक सहमति दिइसकेको उनले जानकारी दिए। आजको कान्तिपुरमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू