अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

महिला ससक्तिकरणको लागि बुलेट र्याली सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन २४ गते ११:०६ मा प्रकाशित

महिला ससक्तिकरणको लागि बुलेट र्याली भन्ने मूल नारा सहित यही मार्च ८ मा काठमान्डुमा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । महिला ससक्तिकरणको शसख्त माध्यम बन्दै गएको मोटर साइक्लिंग मार्फत गत वर्ष देखी नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस सुरु भएको हो ।

नेपालको व्यावसायिक तथा औद्योगिक घराना M.V.Dugar Group को विवेक अटोमोबाईल्स प्रा.लिई.ले १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्च २०१८ का अवसरमा नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) को सहकार्यमा Women Empowerment in Motorcycling मार्फत नारी दिवस भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) जुन मोटरसाइक्लिंगको अन्तराष्ट्रिय महासंघ Fédération ofInternational The Motocyclisme (FIM) को राष्ट्रिय सङ्घसँग आबद्ध भएर सो र्याली गरिएको हो ।

मानव जातिलाई सृष्टि एवं सम्भार गर्ने नारी जातिलाई सुदृढ रूपमा अघि बढाउँदै नारीहरूको शिक्षा दीक्षा मात्र नभई सवाङ्गिण विकास हुनुपर्दछ र संसारको आधी आकाश ढाक्ने नारी वास्तवमा नेपालको यस अवस्थामा विकास हेर्दा अन्यका लागि उदाहरुण बनेको छ । आज हाम्रा देशका नारीहरूको शैक्षिक, सामाजिक, आर्थिक एवं व्यावसायिक विकासमा फड्को मारेको छ । यसमा पनि अटोमोबाईल्स मोविलिटीमानारीको सङ्ख्या दिनानु दिन बढिरहेको छ ।

आज विश्वको ११७ वर्ष पुरानो मोटर साइकल उत्पादक कम्पनी रोयल इनफिल्ड(बुलेट)ले नारी दिवसका अवसरमा Biker For Women Empowerment in Motorcyclingकार्यक्रम तय गरेका हो । जसमा २० जनाको सङ्ख्यामा महिला राईडरहरुले रोयल इनफिल्डको मोटरसाइकलबाट र्यालीमा सहभागिता जनाएको छन् ।

यस र्यालीको मुख्य उद्देश्य समाजमा नारीको विशिष्ट भूमिका, पृथक्ता, शाहास र आत्मा विश्वासका साथ सडक सुरक्षाका र ट्राफिक नियम पालनाको सन्देश फैल्याउनु रहेको छ साथै यस र्यालीबाट नेपालको आन्तरिक पर्यटन तथाभाइचराको सम्बन्ध स्थापनागर्नु रहेको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननिय राम कुमारी झाँक्री र नेपाल पर्यटन बोर्डका कार्य समिति सदस्य कृष्ण अर्यालले संयुक्त रूपमा गर्नु भएको थियो । कार्यक्रमा तथा नासा र रोयल इनफिल्डका पदाधिकारीहरूको उपस्थिति थियो । 

र्याली नेपालपर्यटन बोर्ड भृकुटी भण्डपबाट सुरु भई सहिद गेट न्यूरोड दरबारमार्ग, कमल पोखरी, नक्साल, बालुवाटार, माहाराजगञ्ज, बुढानिलकण्ठ हुँदै ग्रिन भ्याली रिसोर्ट शिवपुरीमा गएर मनोरञ्जनात्मक खेल, जस्तै रस्सा कस्सी, हेल्मेट टावर, मिउँजीकल चियर खेली सबै सहभागी एवं विजयी महिला प्रतिस्पधीहरुलाई नेपाली काङ्ग्रेसकी नेतृ लक्ष्मी खतिवडाले प्रमाण–पत्र तथा पुरस्कार प्रदान गरी कार्यक्रमको समापन गरियो ।

विजेताहरूमा:

रस्सा कसी (Tug of war)
क) उमा न्यौपाने
ख) दावा लामा
ग) कुसुम रेग्मी
घ) नट्टु शाह
ङ) रिमा श्रेष्ठ

हेल्मेट टावर
१) रिमा श्रेष्ठ (पहिलो)
२) दावा लामा (दोस्रो)
३) सुनिता देसार (तेस्रो)

मिउँजीकल चियर
१) अस्मिता जुरीले
२) भगवती खड्का
३) दिव्य थापा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू