अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

श्रीलङ्कामा भएको प्रदर्शन थप अशान्त बन्दै, ८१ जना पक्राउ

बिआरटीनेपाल २०७४ फागुन २४ गते ८:३० मा प्रकाशित

कोलम्बो, श्रीलङ्कामा गत केही दिनयतादेखि कान्डी शहरमा जारी आन्दोलनका क्रममा भएको झडपमा ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानवीय क्षति नै हुने गरी भएको प्रदर्शनका मुख्य सदिग्ध व्यक्तिहरूसमेत गरी ८१ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बिहीबार जनाएका छन् ।

पक्राउ परेकामध्ये ७१ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ भने अरू चार जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ ।

त्यसैगरी पक्राउ गरिएका छ जनालाई भने सामाजिक सञ्जालमार्फत् आन्दोलन चर्काउन र हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेको अधिकारीहरूले जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको र आवश्यकता तथा अवस्था हेरेर कफर््युका बारेमा निर्णय लिइने प्रहरी अधिकारीहरूले बताएका छन् ।

कानून कार्यान्वयनका लागि भन्दै लागू गरिएको कफर््यु प्रहरीले कम्तीमा शुक्रबार बिहानसम्म कायम रहने जनाएको छ ।

केही दिनदेखि भइरहेको हिंसात्मक आन्दोलनका क्रममा घर, पसल, मन्दिर, मस्जिद आदि संरचनामा ठूलो क्षति पुगेको छ ।

आन्दोलन चर्किदै र हिंस्रक बन्दै गएपछि राष्ट्रपति मैत्रीपाला शिरीसेनाले बुधबार एक हप्ता लामो सङ्कटकाल घोषणा गर्नुभएको छ ।

प्रदेशभरी घोषणा गरिएको सङ्कटकाल सन् २००९ नौ पछि पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू