अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

सबै भन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप शुरु

बिआरटीनेपाल २०७४ फागुन २४ गते ८:२२ मा प्रकाशित

बुटवल, सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही ११ ले सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले हराएको हो । रुपन्देहीले सातौंँ मिनेटमा नै निशान लिम्बूको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जीत सुनिश्चित गरे । शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंँबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली पुलिस, एपिएफ क्लब र त्रिभुवन आर्मीसहित १० टोलीले प्रतिष्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो । विजेता टोलीले रु सात लाख ७७ हजार ७७७ सहित स्वर्ण पदक तथा उपविजेताले रु चार लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी चैत ३ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू