अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जानेः महतो

बिआरटीनेपाल २०७४ फागुन २३ गते १७:३९ मा प्रकाशित

राजविराज, सप्तरी:  राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताउनुभएको छ ।

गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आज आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उहाँले सो कुरा बताउनुभएको हो ।

ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्णरुपमा लागिरहेको अध्यक्ष महतोको भनाइ छ ।

उहाँले हामीलाई सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता छ भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने दाबीसमेत गर्नुभयो । अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन गर्नका लागि राजपा नेपालले पनि साथ दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू