अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

काठमाडौं ठोस फोहोरमैंला व्यवस्थापनका लागि परियोजना विकास सम्झौता प्रक्रिया अघि बढ्यो

बिआरटीनेपाल २०७४ फागुन २३ गते ८:४८ मा प्रकाशित

काठमाडौं, २३ फागुन ।
लगानी बोर्ड र नेपवेस्ट प्रा.लि.बीच परियोजना विकास गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको लागत ५ करोड डलर रहेको छ । परियोजना विकास सम्झौताका लागि तयार गरिएको यो दस्तावेज मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि उक्त कम्पनीसँग परियोजना विकास सम्झौताको बाटो खुल्छ । काठमाडौंका हरेक घरले महिनाको २१९ रुपैँयामा फोहोरमैला व्यवस्थापनको सेवा प्राप्छ गर्छन् ।
परियोजना विकास सम्झौता अघि बढाउने सहमतिपछि लगानी बोर्डका प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले दुई वर्षअघिदेखिको पहल सार्थक हुने क्रममा अघि बढेको उल्लेख गरे ।
इन्टिग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट (प्याकेज १) नाम दिइएको यो परियोजनाले काठमाडौं महानगरपालिकाका अतिरिक्त दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वर मनहरा र शंखरापुरा नगरपालिकालाई समेट्छ । यो परियोजना सार्वजनिक, निजी साझेदारीमा निर्माण हुनेछ । परियोजना विकास सम्झौता भएको ९ महिनामा वित्तिय व्यवस्थापन तथा सम्झौताको दुई वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्छ । २० वर्षको व्यावसायिक सञ्चालनपछि यो परियोजना सरकारलाई हस्तान्तरण हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू