अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

बिआरटीनेपाल २०७४ फागुन २३ गते ८:२२ मा प्रकाशित

 

काठमाडौँ,  सर्वोच्च अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज दृष्टिविहीन तथा शारीरिक अपांगता पर्वतारोहण गर्न निषेध हुने नियम खारेज गरेपछि हिमाल आरोहण गर्न बाटो खुला भएको हो ।

यसअघि अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न रोक लगाउँदै अन्तरिम आदेश दिएको थियो ।

पर्वतारोहण नियमावली २०५९ मा दुवै आँखा र दुवै खुट्टा नभएकालाई पर्वतारोहण गर्न निषेध गरेको थियो । सो व्यवस्थाविरुद्ध अधिवक्ता माधव चौलागाईंले नेपालको संविधानको मौलिक हकअन्तर्गत रहेको समानताको हकविपरीत भएको भन्दै रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू