अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 11:43

श्रीमती बचाई दिन पूर्वजनमुक्ति सेनाका कमाण्डरको आग्रह

बिआरटीनेपाल २०७४ फागुन २३ गते ७:५२ मा प्रकाशित

पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवन कुमार बिकले आर्थिक अभावका कारण श्रीमतीको ज्यान लागेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।

अछामको पञ्चदेव विनायक नगरपालिका–७ स्थायी घर भएका बिकले उपचारको लागि श्रीमतीलाई काठमाडौँ आएका छन् तर आर्थिक जुटाउन नसक्दा उपचार हुन सकेको छैन । बिककी श्रीमती धनसरा बिक ढाडसँग सम्बन्धित रोगबाट थला परेकी छन् ।

काठमाडौँको ट्रमा सेन्टरमा उपचारको लागि भर्ना भएपनि आवश्यक खर्चको जोहो गर्न नसक्दा अस्पतालले बाहिर निकालि दिएको बिकले भने । उपचार सहयोगको लागि सबैतिर धाएपनि आवश्यक कतैबाट नजुटेको बिकले बताए ।“म विगत तीन महिनादेखि श्रीमतीको उपचारको लागि काठमाडौँमा भौतारिहरेको छु । तरपनि उपचार गर्न सकेको छैन । उपचारको लागि सहयोग सबैसँग अपेक्षा गरेको छु” बिकले भने ।

अस्पतालले धनसराको ढाडको अप्रेशन गर्नुपर्ने त्यसको लागि तीन लाख रकम आवश्यक भएको बताएको छ ।

कलिलो उमेरमा २०५८ सालमा जनयुद्धमा पूर्णकालिन रुपमा लागेका बिक तत्कालिन जनमुक्ति सेनाको सात नम्बर डिभिजनमा रहेर काम गरेका थिए ।  बिकले सेना समायोजनामा अवकाशमा रोजेका थिए ।

सहयोग गर्न चाहनेहरुले फोन नम्बर  ९८४८४८५५२४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू