अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

अर्थ मन्त्रालयले फागुन मसान्तसम्म कार्यान्वयनमा नगएका आयोजनाहरु रद्द गर्दै

विआरटी नेपाल सम्वाददाता २०७४ फागुन २३ गते ७:३० मा प्रकाशित

अर्थ मन्त्रालयले फागुन मसान्तसम्ममा कार्यान्वयनमा नगएका आयोजनाहरु रद्द गर्ने भएको छ ।

बजेट वक्तव्यमा समावेश भएका तर सो अवधिसम्म पनि कार्यान्वयनमा नगएका आयोजनाहरु तान्ने तयारी गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

हालसम्म कार्यान्वयनमा नगएका आयोजना तान्ने तथा कार्यान्वयनमा गएका पनि कुन चरणमा छन र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई मन्त्रालयले केही दिनभित्रै जारी गर्ने श्वेतपत्रले सम्बोधन गर्ने उनको भनाई थियो । ‘सरकारले देशको समग्र अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी श्वेतपत्र ल्याउँदैछ,’ उनले भने ।

अर्थमन्त्रालयमा आज आयोजित बजेट समिक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले हाल सरकारलाई बजेट खर्च धान्न मुस्किल परेको भन्दै  कार्यान्वयनमा नआएका आयोजना रद्द गरिने बताउनु भयो । अब कसैले पनि भन्सार नाकाबाट न्युन बिजकिरण तथा परिमाणमा घटवढ गरेर सामान आयात गर्न सक्ने छैन,’ उनले भने, ‘अहिले व्यवसायीले ५ हजारको माललाई २ सयमा भन्सार मूल्याङ्कन गरेर आयात गर्दै आएका छन् अब त्यो निर्मुल हुन्छ ।

अर्थमन्त्री खतिवडाले सरकार वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर देशमा आर्थिक गतिविधि अगाडी बढाइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू