अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

यो बर्ष ६ प्रतिशतको आर्थिक बृघ्दिदर कायम हुने

बिआरटीनेपाल २०७४ फागुन २३ गते ५:३७ मा प्रकाशित

विआरटी नेपाल काठमाडौं-
सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो।

चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान गिरएको मा त्यसलाई संशोधन गरिएको छ।

चालु वर्षको अन्त्यसम्ममा जन्मा १० खर्व ८२ अर्ब ९९ करोड खर्चको अनुमान गरिएकोछ। कुल खर्चमध्ये चालु तर्फ ७ खर्व ३८ अर्व ९४ करोड, पूँजीगततर्फ २ खर्व ३४ अर्व ६२ करोड र वित्तिय व्यवस्थापनतर्फ १ खर्व ९ अर्व ४२ करोड खर्च हुने अनुमान गरिएको छ। यो कुल बजेटको क्रमश ९१.९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो। यस्तै नेपाल सरको स्रोत तर्फ ९९ प्रतिश अर्थात ९ खर्व ८२ अर्व ८६ करोड ३० लाख ८० हजार खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको छ। वैदेशिक अनुदानतर्फ ३४.९४ प्रतिशत अर्थात २५ अर्व २१ करोड २६ लाख १८ हजार र वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात ७४ अर्व ९१ करोड २४ लाख खर्च हुने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू