अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 11:57

अनसनरत धनगढी कारागारका कैदी बन्दीहरूको जीवनको रक्षा गर्न आयोगको आग्रह

बिआरटीनेपाल २०७४ फागुन २३ गते ४:४० मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत धनगढी कारागारका कैदी बन्दीहरूको जीवनको रक्षा गर्न आयोगको आग्रह गरेको छ । बुधबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै धनगढी कारागारमा रहेका २४ जना कैदी बन्दीहरूले विभिन्न मागहरू राखी विगत चार दिन देखि आमरण अनसनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै कैदी बन्दीहरूको जीवनको रक्षा गर्न सरकारलाई आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ : कैलालीको धनगढी कारागारमा रहेका २४ जना कैदी बन्दीहरूले विभिन्न मागहरू राखी विगत चार दिन देखि आमरण अनसनमा बसेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा आयोगका माननीय सदस्य प्रकाश शर्मा वस्ती सहितको टोलीले आज अनुगमन गरी अनुगमनको आधारमा नेपाल सरकारलाई पत्राचार गरेको छ ।

आफ्ना मागहरू पूरा गर्ने सन्दर्भमा आमरण अनसन जस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनसन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दछ । साथै कैदी बन्दीहरूको मानवोचित मागको सम्बन्धमा संवाद गरी जीवनको अधिकार रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू